संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु

संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो ।

उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए । सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो ।

त्यहि समस्याका कारण उनी अस्पताल भर्ना भएका संसद सचिवालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव दशरथ धमालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिन अघि २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर गएका थिए ।

२३ गते बिहिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएको दोस्रो दिनमा नै उनको मृत्यु भएको छ ।

२४ वैशाख २०७८, शुक्रवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु