गायिका अञ्जु पन्तको गीत ‘हल्काहल्का लजाएर’ सार्वजनिक (भिडियो सहित)

चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन् ।

गीतलाई ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीतलाई बिहीबार रिलिज गरिएको छ ।

गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन् ।

‘पहिलेका गीतहरू मिलन, बिछोड, पिरती, बियोगान्तसँग सम्बन्धित थिए’, उनले भने, ‘हल्काहल्का लजाएर’ अलिक फरक शैलीमा छ ।’

संगीतकार श्रेष्ठले पनि गीत फास्ट बिटमा बनेको बताएका छन् । ‘गीतमा नयाँ प्रयोग गरेका छौं,’ उनले भने, ‘गीतबाट हाम्रो अपेक्षा ठूलो छ ।’ दर्शक स्रोताहरूको चाहनाअनुसार गीत बनाइएको श्रेष्ठको भनाई छ ।

गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ। मिक्सिङरमास्टरिङ श्यामश्वेत रसाइलीको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ।

म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन्। सम्पादन विकास दाहालको रहेको छ।

यसअघि, प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ’ बोलको गीत रिलिज भएको थियो । ‘पुरानो घाउ’कै टिमले ‘हल्काहल्का लजाएर’ फास्ट बिटको गीत लिएर आएको छ ।

२४ वैशाख २०७८, शुक्रवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु