चितवनमा २५० जना कोरोना संक्रमित, १० जनाको मृत्यु
चितवनमा पछिल्लो चौबीस घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ५ र पुरानो मेडिकल कलेजमा उपचाररत् १ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेहरू ४ जना चितवनका छन्, ४ जना रूपन्देही, एक जना हेटौंडा र एक जना नवलपरासीका हुन्। उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो चौबीस घण्टाभित्र भरतपुर अस्पतालमा चितवनका २, हेटौंडाका र रूपन्देहीका १/१ जनाको मृत्यु भएको छ।
चितवनमा पछिल्लो चौबीस घण्टामा २५० जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा पिसिआर परीक्षण गरिएकामध्ये ६५ प्रतिशतभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
२२ वैशाख २०७८, बुधवार १७:०४ बजे प्रकाशित