थप ५८ जना मृत्यु, उपत्यकामा ४ हजार ८२५ कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोभिड १९ संक्रमण देखिएको छ।
२० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ।
यस्तै, एकैदिन ५८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा भने ४ हजार ८२५ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३ हजार ८४९ मा संक्रमण देखिएको हो।
२२ वैशाख २०७८, बुधवार १६:४१ बजे प्रकाशित