थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ६८१ जनाको नमुना परीक्षण गर्दा ४४ जना महिला र ८१ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ६९ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ५२९ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९९५ जनाको होम आइसोलेसनमा छन् भने ४३ जनाको आईसीयू र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

१० फागुन २०७७, सोमवार १९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु