मुखभित्र पनि ट्याटु खोपाउने अचम्मको प्रचलन
अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग अलग अंगमा ट्याटु खोपाउने ।
कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खोपाइसकेका हुन्छन् । ट्याटुको प्रचलन दिनप्रतिदिन लोकप्रिय बन्दैछ ।
तर पछिल्लो समय सिक्रेट ट्याटुको अचम्मको प्रचलनले चर्चा कमाइरहेको छ ।
मान्छेले ट्याटु बनाउन शरीरको यस्तो अंग चुनेका छन्, जुन थाहा पाएर तपाईँ अचम्ममा पर्नु हुनेछ ।
आजकल मान्छे मुखभित्र तालुमा पनि सिक्रेट ट्याटु खोपाउन थालेका छन् ।
मुखभित्र ट्याटु खोपाउने मध्येकी एक हुन् बेल्जियमकी प्रसिद्ध ट्याटु कलाकार इण्डि वायट।
वायट यसका लागि पाँच वर्षदेखि काम गरिरहेकी छन् । मुखभित्र ट्याटु बनाउने काम धेरै कठिन हो ।
शरीरको बाहिरी भागमा ट्याटु खोप्न सुईबाट छेड्ने क्रिया हुन्छ । त्यसरी नै सुईले छेडेर मुखभित्र ट्याटु बनाइने गरिन्छ।
ट्याटु खोपाएपछि केही दिन मसलादार भोजन र कडा पेय पदार्थ सेवन गर्न मिल्दैन ।
१० फागुन २०७७, सोमवार १९:४० बजे प्रकाशित