सिडियोहरुको छलफल सकियो, सवारीमा जोरबिजोर जारी राख्ने निर्णय

भाडामा ५० प्रतिशतको सीमा हट्यो

उपत्यकाका ३ सिडिओको बैठक सकिएको छ । सवारीमा जोरबिजोर जारी राख्ने निर्णय भएको छ ।

दशैंको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । बैठकमा नाका सिल गर्ने लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

सरकारले यात्रुबाहक सवारीसाधनमाथि लगाएको ५० प्रतिशतको सीमा हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागले यसअघिको लिइँदै आएको आधा क्षमतामा मात्रै यात्रु बोक्नसक्ने व्यवस्था गरेको हो ।

योसँगै शनिबारदेखि सवारीसाधनले पूर्ण क्षमतामा यात्रु बोकेर गुड्न थालेका छन् ।

यो निर्णयपछि यातायात व्यवसायीलाई निकै ठूलो राहतको अनुभूति गरेका छन् । यो निर्णयले यातायात व्यवसायीलाई मात्रै राहत भएको छैन, गाडी चढ्दा अहिले लाग्दै आएको भाडा अब ३३ प्रतिशत घटेको समेत छ । अर्थात्, सरकारले यसअघि बढाएको ५० प्रतिशत भाडावृद्धि फिर्ता भएको छ । अब पुरानै दररेटअनुसार भाडा निर्धारण हुनेछ ।

काठमाडौं बाहिरका सबैजसो जिल्लाहरुमा सवारीसाधन अब पूर्ववत ढंगबाट सञ्चालन हुनेछन् । तर, उपत्यकामा भने जिल्ला प्रशासनको आदेशका कारण जोरविजोरको नियम अझै जारी छ । जोर गतेमा जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बरमात्रै चल्न पाउनेगरी व्यवस्था गरिएको छ ।

१ कात्तिक २०७७, शनिवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु