ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा नागरिकलाई टीका नलगाउने

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने भएका छन् ।

कोरोना भाइरस ९कोभिड १९०को महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण पूर्व राजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

यसअघि उनले हरेक वर्ष विजया दशमीका दिन सर्वसाधारण तथा आफ्ना शुभचिन्तकहरुलाई टीका लगाउँदै आएका थिए ।

शाहले हरेक वर्षको दशैंका बेला महाअष्टमीको दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस वर्षको दशैंमा महाअष्टमीको दिन उनी कुनै मन्दिरमा दर्शनका लागि जाने छैनन् ।

पूर्वराजा शाहको सचिवालयले एक सूचना जारी गर्दै आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै शान्त, शालीनता र सागदीका रुपमा दशैं मनाउने उल्लेख गरेको छ ।

१ कात्तिक २०७७, शनिवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु