डा. केसी र सरकारबीच सहमति, अनसन तोड्ने तयारी

सरकार र आमरण अनरनसत डा. गोविन्द केसीबीच सहमति भएको छ ।
दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।
शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।
२३ असोज २०७७, शुक्रवार १६:५९ बजे प्रकाशित