काठमाडौं उपत्यकामा १४०९ जना संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

२३ असोज २०७७, शुक्रवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु