डिसेम्बरमा कोरोना खोप ल्याउने चीनको तयारी, एक खोपको १५ हजार रुपैयाँ
चिनको एक औषधि कम्पनीले निर्माण गरेको कोभिड १९ को खोप डिसेम्बरसम्ममा बजारमा आउने भएको छ ।
सिनोफार्म नामक औषधी कम्पनीले निर्माण गरेको सो खोपको मूल्य समेत तोकिएको छ । एक खोपको १४० डलर तोकिएको छ ।
जस हनुसार नेपाली १५ हजार जति पर्ने छ । चीन सरककारले खोपबारे बेला बखतमा जानकारी गराइरहेको छ ।
हाल विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये धेरै जसो चिनियाँ भएको बताइएको छ । तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ ।
युरोपियन विज्ञहरुले पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।
१३ भदौ २०७७, शनिवार ०९:२६ बजे प्रकाशित












