बीपी प्रतिष्ठानमा सिरहाका ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।
सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड(१९ अस्पताल
प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते ती पुरुषलाई प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो ।
भदौ ७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
डा। सापकोटाका अनुसार मिर्गौलाका रोगी रहेका ती पुरुष लामो समयदेखि डायलसिससमेत गराउँदै आएका थिए ।
योसहित प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या १६ पुगेको छ । यसअघि प्रतिष्ठानमै शुक्रबार मात्र ३ जनाको मृत्यु भएको थियो ।
१३ भदौ २०७७, शनिवार ०९:२१ बजे प्रकाशित













