निषेधाज्ञा गरेकै दिन काठमाडौं भेटिए २ सय कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्।
साथै बिहीबार देशभरबाट २ सय जना संक्रमित डिस्चार्ज २ सय ६३ भएका छन्।
आज काठमाडौं उपत्यकामा २ सय संक्रमित भेटिएका छन्।
आज देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका गौतमले जानकारी दिए।
१७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन्।
काठमाडौंमा मात्रै आज १ सय ७४ संक्रमित भेटिएका हुन्। त्यसैगरी ललितपुरमा १८ जना भेटिएका छन्। त्यसैगरी भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्।
४ भदौ २०७७, बिहीवार १६:४७ बजे प्रकाशित





