कुलमानलाई प्राधिकरणमा दोहोर्याउन चौतर्फी दबाब

लोडेसेडिङ युग अन्त्य गरेर हाइहाई भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो कार्यकाल पूरा गरेर आउँदो २०७७ भदौ २९ गते बिदा हुँदैछन् ।

घिसिङको कार्यकाल ४ साता बाँकी रहँदा प्राधिकरणको नेतृत्व हत्याउन विभिन्न व्यक्तिहरूले दौडधुप थालेका छन् । आफ्नो कार्यकालमा लोकप्रिय काम गरेका कुलमान स्वयं एक कार्यकाल दोहोरिन चाहेका छन् ।

स्रोतका अनुसार, नेकपा नेताहरू र अध्यक्ष प्रचण्ड पनि अँध्यारो युगको अन्त्य गर्ने, राष्ट्रको ढिकुटीमा रू ११ अर्ब थप्ने, विद्युत चुहावट घटाउने कार्यमा सफल मानिएका कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउनु पर्ने पक्षमा रहेको स्रोत बताउछ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनहरू, कर्मचारी, प्राविधिक कर्मचारी, देशका बुद्धिजीवीहरूलगायतको सबै क्षेत्रबाट कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै एकपटक दोहोर्याउनु पर्ने मत प्रकट गरिरहेका छन् ।

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनको घिसिङसँग भने पछिल्लो समय उति राम्रो सम्बन्ध नरहेको बताइन्छ । यद्यपि, आफूसँगको सम्बन्धकै कारण पुनले घिसिङलाई पन्छाउने अवस्था छैन । किनकि, प्रचण्डको ग्रिन सिग्नलमा उनका महत्वपूर्ण निर्णय निर्भर हुने गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पनि रहर गरेका छन् । शाक्य प्राधिकरणका बहालवाला कर्मचारी हुन् । प्रसारण लाइनमा दख्खल राख्ने शाक्य हाल इन्जिनियरिङ विभागका प्रबन्ध निर्देशक छन् ।

एमसीसीको विषयमा नखुले पनि सरकारको इज्जत जोगाउन कुलमानको भूमिकाले समेत काम गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका नेता उनीप्रति सकारात्मक नै रहेको बताइन्छ । बद्नाम पात्रहरू च्यापेको आरोप केही समयदेखि लागेकाले त्यसलाई पखाल्नकै लागि पनि कुलमान रोज्नुपर्ने बाध्यता ओली सरकारसँग छ ।

कुलमानलाई एक कार्यकाल दोहोर्याएर चार वर्षभित्र विद्युतको व्यापार अन्तर्र्राष्ट्रियस्तरमा पु¥याएर ‘देशको आर्थिक विकासमा विद्युत’ नारा सफल पार्ने योजना कुलमानको रहेकाले एक अवसर अझै दिने पर्ने दवाव जनस्तरबाट पनि परेको छ ।

 

४ भदौ २०७७, बिहीवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु