चितवनमा कोरोना बाट एक वृद्धको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं। १३ का  ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए ।

उनमा क्षयरोग, फोक्सोको सम्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।

४ भदौ २०७७, बिहीवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु