सांसदको लोगो बिग्रदा १० लाख क्षेति

संघीय संसदका सांसदहरुले लगाउने लोगो बिग्रदा १० लाख बराबरको क्षेति भएको छ ।

र पुनः बनाउँदा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने विवाद देखिएको छ ।

लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सार्वजनिक रुपमा आलोचना भएपछि संसद सचिवालयले निर्माणकर्ता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई फिर्ता पठाएको छ ।

संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० लोगो बनाउँदा सुरुमा २० लाख रुपैयाँ खर्च भएको थियो ।

उक्त लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाइएको थियो । पित्तलको नक्सामा चाँदीको बेस थियो । लोगोको पुछारमा रहेको दुई हातमा चाहिँ तामा प्रयोग गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका अधिकृत गणेश राउतले पुनः लोगो बनाउँदा पहिले प्रयोग भएको सुन, तामा र पित्तल पुनः प्रयोग गर्न नमिल्ने बताए । चाँदी भने त्यसकै प्रयोग गर्न सकिन्छ ।

‘नयाँ बनाउँदा तताउनुपर्छ । तताउँदा प्लास्टिक कोटेड टल्किने पग्लिन्छ । सुन जलप हो खेर गइहाल्छ, तामा तातोले कालो हुन्छ’ उनले भने ।

सुनको भाउ पहिले भन्दा महंगो भएकाले अब पहिलेजति लोगो बनाउँदा पनि धेरैखर्च लाग्ने बताए ।

अहिलेको सुनको बजार भाउमा ३५० थान लोगोका लागि अब ७ लाख रुपैयाँको सुन चाहिन्छ ।

त्यसैगरी तामा र पित्तलसमेतको खर्च जोड्दा १० लाख रुपयाँ खर्च लाग्ने अनुमान संसद सचिवालय र घरेलु उद्योगको आंकन छ ।
खर्च बेहोर्ने किचलो

संसद सचिवालयले भने अब लोगो बनाउँदाको खर्च घरेलु तथा साना उद्योग कार्यालयले बेहोर्ने बताएको छ । ‘सचिवालयले पुनः लोगो बनाउने सम्बन्धमा थप खर्च गर्दैन’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने ।

तर घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका अधिकृत राउत आफूहरु थप सुन्न किन्ने भार बोक्न नसक्ने बताउँछन् ।

‘लोगो बिग्रेको भनिएपछि दोष कलाकारकै देखाइन्छ । त्यसकारण पुनः बनाउँदा हामी ज्याला लिन्नौं तर, सुनको बिल बनाएर पठाउँछौं’ राउतले भने ।

घरेलु कार्यालयले संसद सचिवालयसँग एउटा लोगो बनाएको ज्याला २५ सय रुपैयाँ लिएको थियो । २५ सयका दरले ३५० थान लोगोको ८ लाख ७५ हजार रुपैयाँ भने छुट गर्न सकिने राउत बताउँछन्।

४ भदौ २०७७, बिहीवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु