सेवासुविधामा विभेद गरेको भन्दै संक्रमितहरु उत्रिए तोडफोडमा
वीरगंज पोखरिया नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डमा भेदभाव भएको भन्दै संक्रमितहरुले गएराति तोडफोड गरेका छन्।
पोखरिया अस्पतलमा संचालन गरेको आइसोलेसन वार्डमा पानी, खाना तथा अन्य सुविधाहरुमा बन्देज लगाएको भन्दै संक्रमितहरुले विरोध स्वरुप होहल्ला गर्दै गाडी तोडफोडमा उत्रेका हुन्।
आइसोलेसन वार्डमा रहेका जनप्रीतनिधिहरुको लागि पंखा तथा समय समयसमा चाहिएको अनुसारको खाना, नस्ता तथा सुविधा उपलब्ध गराएको र समान्य संक्रमितलाई दुस्ख दिएको भन्दै उनीहरुले बिरोध गरेको जनाएका छन्।
पेटभरी खानासमेत नदिने गरेको नस्ताको सट्टा २ वटा पाउरोटी चिया दिने गरेको तथा उचित प्रबन्ध नमिलाउँदा आफुहरु कति रातदेखि भोकभोकै सुत्न बाध्य भइरहेको उनीहरुको गुनासो छ।
पोखरिया नगरपालिकामा नगरप्रमुख, कार्यकारी अधिकृतलगायत केही वडाध्यक्षसमेत संक्रमित भएर उपचाररत रहेकोले आइसोलेसन वार्ड व्यवस्थापसन वार्डको एक जनमा कठिनाई भइरहेको पोखरीया अस्पतालका कर्मचारी तथा आइसोलेना स्वास्थयकर्मीले प्रतिक्रिया दिए।
४ भदौ २०७७, बिहीवार १५:२६ बजे प्रकाशित
 
						 




