धादिङमा भदौ ९ गतेसम्म लकडाउन

जिल्ला प्रशासन कार्यालय धादिङले भदौ ९ गतेसम्मका लागि लकडाउन थप गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले साउन २८ गतेदेखि भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना भाइरस ९कोभिड–१९० को महामारी समुदाय स्तरमा फैलिन सक्ने सम्भावनालाई रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘कालुपाण्डे मार्गको फुर्केखोलादेखि धादिङबेंसीसम्मको दायाँबायाँ क्षेत्र, नीलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरूमा भदौ ९ गतेसम्मका लागि निषेधाज्ञ थप गरिएको छ ।’

३ भदौ २०७७, बुधवार २०:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु