कन्ट्रयाक ट्रेसिङमा एकैपटक परे २५ बढी सांसद

संक्रमित सांसदको ट्राभल हिस्ट्री अछामदेखि सिंहदरबारसम्म

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

यो संगै २५ भन्दा बढी सांसद एकैपटक कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

सांसद बोगटीकै अनुसार उनी साउन १७ गते अछामबाट काठमाडौं फर्किएका थिए ।

उनी ललितपुरमा बस्‍छन् । राजधानी आएपछि उनी ललितपुरबाट सिंहदरबार आउजाउ गरिरहे ।

साउन २५ गते सिंहदरबारमा नेकपाका ६३ जना सांसदले पार्टी एकताको पक्षमा गरेको हस्ताक्षर गरेर सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा २५ जना बढी सांसद थिए । बोगटी पनि सहभागी थिए । सांसदहरुबीच भौतिक दुरी कायम थिएन । मास्क पनि कमैले मात्र लगाएका थिए ।

कार्यक्रमको संयोजन गरेका नेकपाका सांसद कृष्णप्रसाद दाहालले आफूहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताए ।

एक जनालाई स्वाब दिन लगाएको भन्दै उनले भने, ‘उनलाई कोरोना सरेको रहेछ सबैको परीक्षण गर्छौं, नेगेटिभ आयो भने परेन ।’

उनी अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । र, उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वाब दिएका थिए ।

साउन ३२ गते रिपोर्ट नेगेटिभ आएको थियो । तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए । ठ्याक्कै कहाँबाट कोरोना सर्‍यो भन्ने आफूलाई थाहा नभएको तर नजिकै टोलका संक्रमितबाट सरेको हुनसक्ने बताए ।

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना पोजेटिभ 

३ भदौ २०७७, बुधवार १९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु