संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् ।
काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले नेपाली जनता हसाएको दाबी गर्दै जनता हँसाएकोमा केही व्यक्ति चिढिएको टिप्पणी गरेका थिए ।
ओलीको सोही भनाई जवाफ दिँदै प्रचण्डले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको हत्यापछि केपी ओली हाँसेर बसेको टिप्पणी गरे । ‘अहिले देश संविधानको हत्या भएको । हामी हाँस्न सक्दैनौं’, उनले भने ।
४ माघ २०७७, आइतवार १४:४५ बजे प्रकाशित