काठमाडौंको सडकमा प्लेन गुड्यो
काठमाडौंको सडकमा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सडकमा जहाज गुडेको छ ।
कोरोनाको महामारीले यातायातका साधन त्यसै त कम नै चलेको छ, आज शनिवारको दिन झनै कम सवारी साधन गुडेको छ ।
साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको छ ।
काठमाडौंको एयरपोर्टबाट निस्किएको जहाज तिनकुने आइपुगेको छ । गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्षदर्शीहरु आश्चर्यमा परेका छन् ।
‘यस्तो अहिलेसम्म देखिएको थिएन, के भो आज रु’ स्थानीय सुभाष श्रेष्ठलेफोनमा भने, ‘हामी हेरिरहेका छौं, जहाज तिनकुनेतिरै आइरहेको छ ।’
गाडी कम गुडेको मौका छोपेर एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार पुर्याउनका लागि जहाज हिडाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नारायणहिटी दरवारको संग्रहालयमा राख्नका लागि जहाज सडकमा हिडाएको प्रहरीको भनाइ छ ।
विगतमा भीभीआइपी चढ्ने गरेको जहाज सडकबाट गुडाएर नारायणहिटी दरवार लैजाँदै गरेको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।



२७ भदौ २०७७, शनिवार २०:४४ बजे प्रकाशित





