नातीकाजी सम्मान १४ जना संगीतकर्मीलाई
काठमाडौं । नातीकाजी सम्मान १४ जना संगीतकर्मीलाई प्रदान गरिएको छ । संगीतकार नातिकाजी श्रेष्ठको ९२ औं जन्मजयन्तीको अबसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरिन ।
भजन शिरोमणी भक्तराज आचार्यलाई २० हजार एक सय एक रुपैयाँ सहित ‘नातिकाजी राष्ट्रिय बिशिष्ट सम्मान २०७३’ प्रदान गरियो । कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल र ध्रुबेशचन्द्र रेग्मीलाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७३ बाटा सम्मानित भए । ११ हजार एक सय ११ रुपैयाँ सहितको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७३’ गायक रामकृष्ण ढकाल, रमण घिमिरे, टिका भण्डारी, अमुल कार्की ढली, आलोक श्री र गायिका देबिका बन्दना प्रधानलाई दिइयो ।
११ फागुन २०७३, बुधवार १४:०० बजे प्रकाशित