दृष्टीबिहीन बालबालिकाका लागि ‘उज्यालो उत्सव’

लायन्स क्लब अफ काठमाडौं टेम्पलले दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणार्थ सांगीतिक कार्यक्रम उज्यालो उत्सव २०७३ आयोजना गर्ने भएको छ । ‘उज्यालो उत्सव २०७३’ नामक भव्य सांगीतिक कार्यक्रम मार्फत आवश्यक आर्थिक सहयोग जुटाइने लक्ष्य छ ।
२८ वर्षदेखि जापानमा बसेर समाज सेवा गर्दै आएका लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष श्रेष्ठले आफै सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आप्mनो संस्थामार्फत सांगीतिक कार्यक्रम आयोजना गरेर त्यसमार्फत हुने आय आर्जनबाट भवन निर्माण गर्न लागेका हुन् ।
कार्यक्रममा गीत संगित, नृत्य र हास्य व्यग्य प्रस्तुति रहने छ । कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङजस्ता गायक गायिकाका साथमा सुर सुधाले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।
गौरी मल्ल, रिस्ता बस्नेत, मेनका गुरुङ, दिपेन्द्र तिमल्सिना लगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् । हाँस्य कलाकार जितु नेपालको कमेडी र कार्यक्रम सञ्चालनसँगै अगाडि बढ्ने कार्यक्रममा ज्योति काफ्ले र विपना बस्नेतले प्रहसन प्रस्तुत गर्नेछन् ।
११ फागुन २०७३, बुधवार १५:०० बजे प्रकाशित