शिक्षामन्त्री पोखरेल कोरोना संक्रमण मुक्त
संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
संक्रमण पुष्टि भएको २१ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी गत असोज २४ गते पाटन अस्पताल भर्ना भएका थिए भने २५ गते कोरोना पुष्टि भएको थियो । उनले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्ससहित स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् ।
२२ कात्तिक २०७७, शनिवार ०९:१० बजे प्रकाशित













