विराटनगरमा थप दुई संक्रमितको मृत्यु

कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचार गराइरहेका मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत एक वृद्धा र एक युवतीको मृत्यु भएको हो ।

मृत्यु हुने २६ वर्षीया युवती झापा शिवसताक्षी नगरपालिकाकी हुन् । युवती कात्तिक १५ गते अस्पताल भर्ना भएकी थिइन् ।
युवतीको शनिबार बिहानका राति करिब ३ बजेतिर मृत्यु भएको हो ।

कुनै दीर्घरोग नभएकी युवतीको कोरोना लक्षणले नै मृत्यु भएको चिकित्सकले बताएका छन् ।

सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ति महिला कात्तिक १७ गते अस्पताल भर्ना भएकी थिइन् ।

२२ कात्तिक २०७७, शनिवार ०९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु