घट्यो सुन र चाँदी मूल्य

३ साउन, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।

३ साउन २०७८, आइतवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु