नेप्से २८.०४ अंकले बढ्यो

असार १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि -ओपन सेसनमा नेप्से परिसूचक २८ दशमलव शून्य ४ अंकले बढेको छ ।
नेप्से परिसूचक वृद्धिसँगै परिसूचक २८९८ दशमलव ४२ विन्दुमा पुगेको छ ।
प्रि -ओपपन सेसनमा १ करोड रुपैयाँभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा ३७ ओटा कम्पनीको १८ हजार ७६२ कित्ता शेयर कारोबार भएको छ भने २९ ओटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ ।
यसैगरी सात ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै अर्को एउटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
१४ असार २०७८, सोमवार ११:४९ बजे प्रकाशित