हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ?

८ असार, काठमाडौं । मंगलबार शेयरबजारमा आधा दर्जन हाइड्रोकम्पनीको शेयर उच्च दरले वृद्धि भएको छ ।
यस दिन राधी विद्युत, हाइड्रोइलेक्ट्रीसीटी, पावर, हिमालयन ऊर्जा विकास, युनियन हाइड्रोपावर, छ्याङुदी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर उच्च दरले वृद्धि भएको हो ।
यस दिन राधी विद्युतको शेयरमूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यस दिन राधी विद्युतको शेयरमूल्य प्रतिकित्ता १११२ पुगेको छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रीसीटीको ४३७, हिमालयन ऊर्जा विकासको ३४०, युनियन हाइड्रोपावर ३६७ र छ्याङुदी हाइड्रोपावरको ४०४, हिमाल दोलखा हाइड्रोपावरको २७५ रुपैयाँ शेयरमूल्य पुगेको छ ।
८ असार २०७८, मंगलवार १२:५६ बजे प्रकाशित