सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

८ असार, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ तोलामा ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

८ असार २०७८, मंगलवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु