सुन तोलामा एक हजार २०० रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको भाउ घटेको छ ।
सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (बिहीबार) सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
४ असार २०७८, शुक्रवार १४:०० बजे प्रकाशित