नेप्सेले तीन हजार विन्दुमा, आज ५४.९९ अंक बढ्यो

३१ जेठ, काठमाडौं । नेप्से परिसूचकले ३ हजार विन्दु पार गरेको छ ।
१ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ ।
अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ ।
यो अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
अहिले खानीखोला र घालेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
३१ जेठ २०७८, सोमवार १२:१६ बजे प्रकाशित