पूर्व सांसद हरिभक्त अधिकारीको निधन

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवम् पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण समेत देखिएको थियो ।

त्यसपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा भर्ना गरिएको थियो ।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले जनाएको छ ।

१९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ–२ बाट निर्वाचित भएका थिए ।

स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

३१ जेठ २०७८, सोमवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु