आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

१९ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । केही दिनयता उतारचढाव आइरहेको सुनको भाउ आज भने स्थिर भएको हो ।

मंगलबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

१९ जेठ २०७८, बुधवार १३:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु