उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

२० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार-पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

१९ जेठ २०७८, बुधवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु