बजेट भाषण गरेवापत्त अर्थमन्त्रीले कति पैसा पाउँछन् ?

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन् ।
बजेट भाषण गरेपछि धेरैको चासो छ, अर्थमन्त्रीले पैसा पाउँछन् ?
अर्थमन्त्रीले बजेट भाषण गर्दा केहीपनि पैसा पाउदैनन् । नेपाल सरकारको मन्त्रीको हैसियतले पाउने तलब भत्ता बाहेक बजेट भाषण गर्दा केही पनि पाइदैन ।
यसअघि बजेट पेश गरेका पूर्वअर्थमन्त्रीहरु भन्छन् यो हल्ला अहिलेसम्म रोकिएको छैन । अर्थमन्त्रीले बजेट भाषण गर्दा पैसा पाउने गर्दैनन् ।
पूर्वअर्थमन्त्री शंकर कोइरालाले भने, ‘नेपालमा बजेट भाषण गर्ने अर्थमन्त्रीले पैसा पाउने हल्ला छ, यो हल्ला मैले पनि सुनेको थिएँ । तर, अहिलेसम्म नेपालका कुनैपनि अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाएको मेरो जानकारीमा छैन ।’
अहिलेसम्म धेरै पटक बजेट प्रस्तुत गरेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने, ‘मैले पटकपटक भन्दै आएको छु कि बजेट भाषण गरेको पैसा अर्थमन्त्रीले पाउँदैनन् । बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य हो । मन्त्री भएबापत तलब र भत्ता मात्रै हुन्छ ।’
दुईपटक बजेट ल्याएका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गरेर पैसा पाउने हल्ला निराधार हो, यो निराधार हल्ला हो । यस्तो हल्लाका पछि नलाग्नुस् ।’
नेपालको संविधानले बजेट सार्वजनिक गर्ने दिन नै जेठ १५ का लागि तोकेको छ ।
१५ जेठ २०७८, शनिवार १७:३० बजे प्रकाशित