धुर्मुस सुन्तली फाउन्डेसनद्धारा ५० थान अक्सिजन सहयोग

कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको हाहाकार भएपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ ।

हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको कलाकार कट्टेलले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

४ जेठ २०७८, मंगलवार १८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु