आज पनि बढ्यो सुनको मूल्य , तोलामा ३०० रुपैयाँले वृद्धि

३ जेठ, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायमा गरिएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

३ जेठ २०७८, सोमवार ११:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु