मिस युनिभर्स २०२१ मा मेक्सिकोले जित्यो उपाधि

मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ ।

आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले उपाधि जितेकी हुन् ।

यसअघिकी विजेता दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले नयाँ विजेता मेजालाई ताज लगाइदिइन् । गतवर्ष कोरोनाभाइरस महामारीको कारण प्रतिस्पर्धा स्थगित भएको थियो ।

नेपालले भने उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकेन । नेपालबाट अनिष्का शर्माले सहभागिता जनाएकी थिइन् । यसपटक नेपालको कस्ट्युमलाई लिएर चर्चा भएको थियो ।

३ जेठ २०७८, सोमवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु