आज सुनको मूल्य तोलामा ४०० को वृद्धि
वैशाख २०, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. १०० ले बढेको सुनको भाउ सोमवार रू. ४०० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ ।
आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला रू. १ हजार २९५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३०० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले बढेको हो ।
२० वैशाख २०७८, सोमवार १२:१७ बजे प्रकाशित





