आज सुनको मूल्यमा सामान्य वृद्धि

आज साताको पहिलो दिन आइतबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ ।
आज चाँदीको भाउ एक हजार २९५ रुपैयाँ छ ।
१९ वैशाख २०७८, आइतवार १२:०७ बजे प्रकाशित