म्यासेन्जरमा अब इन्ड–टु–इन्ड इन्क्रिप्सन ल्याउने फेसबुकको योजना

फेसबुकले आफ्ना म्यासेजिङ एपहरुमा इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयनमा ल्याउने भएको छ । सबै म्यासेजिङ एपमा स्वत लागू गर्ने गरी फेसबुकले तयारी थालेको हो ।

यसअघि फेसबुकले विज्ञसँगको गरेको भर्चुअल वर्कशप आयोजना गरेको थियो । प्राइभेसीसँग सम्बन्धित उक्त वर्कशपमा फेसबुकले आफ्ना सबै म्यासेजिङ एपमा इन्ड–टु–इन्ड इन्क्रिप्सन लागू गर्ने योजना ल्याएको उल्लेख गरेको छ ।

यसअघि यो फिचर फेसबुकले ह्वाट्सएपमा मात्रै उपलब्ध गराउँदै आएको थियो, जुन प्रयोगकर्ताको प्राइभेसीको हिसाबले उत्कृष्ट मानिन्छ । अब भने यस्तो फिचर फेसबुक म्यासेन्जरमा पनि उपलब्ध हुने भएको छ ।

‘हामी इन्ड–टु–इन्ड इन्क्रिप्सन हाम्रा सबै म्यासेजिङ एपमा उपलब्ध गराउने तयारी गरिरहेका छौ,’ फेसबुकले भन्यो, ‘जसले प्रयोगकर्ताको प्राइभेट म्यासेजमा सेन्डर र रिसिभरले मात्रै एक्सेस गर्न सक्नेछन् । यसको अर्थ उक्त म्यासेजमा हाम्रो पनि कुनै एक्सेस हुने छैन ।’

यो फिचर इन्स्टाग्राम डाइरेक्टमा पनि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

कम्पनीका अनुसार इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचर सन् २०२२ को सुरुवातसम्म प्रयोगकर्तामाझ उपलब्ध भइसक्ने छ ।

१९ वैशाख २०७८, आइतवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु