२०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ ।

सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेर आज प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ निर्धारण गरिएको महासंघको भनाइ छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले कमी आएको छ । जसअनुसार आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य १ हजार २३० रुपैयाँ थियो ।

१६ चैत २०७७, सोमवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु