मोबाइल एप एनएमबी न्युज सार्वजनिक

देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै नेपाल मल्टिपल ब्रोडकास्टिङ न्युज प्रालिले मोबाइल एप एनएमबी न्युज सार्वजनिक गरेको छ ।

करिब सात महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकलाई अझ सजिलो र डिजिटलाइज्ड गर्न मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

एन्ड्रोइडका लागि गत पुसमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेको सेवा प्रदायकको दाबी छ ।

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुचि र प्राथमिकताअनुसार चाहेजस्तो समाचार पढ्न पाउनेछन् ।

प्रयोगकर्ताले देश तथा विदेशका मुख्य समाचार तुरुन्त नोटिफिकेसनमार्फत पाउनेछन् । साथै, पछिल्ला दिनमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् ।

एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ ।

१६ चैत २०७७, सोमवार १२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु