पेट्रोलियम पदार्थको भाउ पुनः बढ्याे
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढ्याे
नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएकाे छ ।
साेमबार राति १२ बजेबाट लागुहुनेगरि डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेकाे निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन अान्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईकाे निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै हवाई इन्धन बाह्यतर्फकाे मूल्य पनि एक किलाेलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य बृद्धिपछि पेट्रोलकाे भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टीतेलकाे भाउ ९९ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।
१७ फागुन २०७७, सोमवार २०:५३ बजे प्रकाशित





