पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल
			फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय हुने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सार्कोजीसँगै उनका दुई सहयोगीलाई पनि सो सजाय तोकिएको हो ।
बिबिसीका अनुसार सार्कोजीसँगै उनका दुई सहयोगी पूर्ववकिल थियरी हर्जोग र एजिबर्टलाई पनि सोही सजाय सुनाइएको छ।
सार्कोजीले उनको पार्टीबारे भइरहेको एक फौजदारी छानविनसम्बन्धी सूचना दिन आग्रह गर्दै त्यहाँका एक म्याजिस्ट्रेट गिलबर्ट एजिबर्टलाई मोनाकोमा आकर्षक जागिर प्रस्ताव गरेको आरोप छ ।
६६ वर्षीय सार्कोजीले सो सजाय आफ्नै घरमा बिताउन पाउनेछन्। उनलाई इलेक्ट्रोनिक ट्याग लगाइदिएर घरमै जेल सजाय भुक्तान गर्न पाउने छुट दिइएको अदालतका न्यायाधीशले बताएका छन्।
१७ फागुन २०७७, सोमवार २०:५१ बजे प्रकाशित
						 




