९ सयले बढ्यो सुनको मूल्य

लगातार घटिरहेको सुनको मूल्य ह्वात्तै बढेको छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२३ असोज २०७७, शुक्रवार १३:०४ बजे प्रकाशित