नेताविरुद्ध राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर

पश्चिम बंगालमा चुनाव सकिएपनि तृणमुल कांग्रेस र भारतीय जनता पार्टीबीचको झगडा अन्त्य भएको छैन् ।

तृणमुल कांग्रेसले भाजपाका नेता शुभेंदु अधिकारी र उनका भाई विरुद्ध नगरपालिकाबाट राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर गरेको भारतीय मिडियाले जनाएको छ ।

पश्चिम बंगालको कांथीमा टिएमसीले भाजपा का नेता शुभेंदु अधिकारी र उनका भाईविरुद्ध मुद्दा दायर गरेको हो । शुभेंदु पश्चिम बंगालको विधानसभाका विपक्षी नेता हुन् ।

अधिकारीले टीएमसीलाई छाडेर भाजपा प्रवेश गरेका थिए । उनले नंदीग्राम सीटबाट मुख्यमन्त्री टीएमसी सुप्रिमो ममता बनर्जीविरुद्ध चुनाव लडेर २०२१ को विधानसभामा विजयी भएका थिए ।

२५ जेठ २०७८, मंगलवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु