चक्कु प्रहार गरेर मोबाइल लुटियो

टोखा नगरपालिका– ९ दिपज्योतीमा सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको छ ।
ती पुरुष समेत २ जनालाई ४ ५ जनाको समूहमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरी घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटपाट गरी भागेका थिए ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ ।
चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२३ पुस २०७७, बिहीवार १२:५२ बजे प्रकाशित