आज इरफानको वार्षिकी
हलिउडमा समेत राम्रो नाम बनाएका बलिउड अभिनेता इरफान खानको आज पहिलो वार्षिकी हो ।
गत वर्ष आजकै दिनमा उनको इन्डोक्राइन क्यान्सरका कारण निधन भएको थियो ।
त्यसैले आज भारतीय मिडियामा इरफान खानबारे विभिन्न समाचार छापिएका छन् ।
त्यसो त राम्रो फ्यान फलोइङ भएका इरफानबारे अहिले पनि सामाजिक सन्जालमा चर्चा भइरहेको हुन्छ । उनले अभिनय गरेको अन्तिम फिल्म अब केही दिनमा रिलिज पनि हुँदैछ ।
आजको दिनमा इरफानको एउटा स्वभावको भने खुलेर चर्चा भएको छ । त्यो हो, उनको संवेदनशीलता । उनले आफ्नो एक अन्तर्वार्तामा आफूलाई जनावरको मृत्युले पनि चिन्तित बनाउने बताएका थिए ।
उनका बाबु शिकारका शौखिन थिए । तर, इरफानले त्यसरी मारिएका जनावरको परिवारलाई के होला भन्ने सोचेर घन्टौ बिताउने गरेको त्यो अन्तर्वार्तामा बताएका थिए ।
२३ पुस २०७७, बिहीवार १२:३१ बजे प्रकाशित