अभिनेता सुशान्त घटनामा नयाँ मोड, उनको हत्या हुँदा घरमा मन्त्रीसमेत थिए !
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब चार महिना भइसकेको छ । तर, यो विषयमा अहिलेसम्म भारतमा नयाँ नयाँ चर्चा हुन छोडेको छैन ।
सुशान्तले आफ्नै निवासमा आत्महत्या गरेपछि सुरु भएका विभिन्न अनुसन्धानहरु अहिले पनि चलिरहेका छन् ।
अनि सुशान्तका प्रशंसकहरुले सामाजिक सन्जालमा अझै पनि सुशान्तलाई न्याय मिल्नु पर्ने बताइरहेका छन् ।
यहीबीच सुशान्तको हत्या नभएर आत्महत्या भएको उनको शव पोस्टमार्टम गर्ने चिकित्सकहरुले यसअघि प्रष्ट्याएका थिए ।
तर, भारतीय जनता पार्टीका सांसद नारायण राणेले फेरि सुशान्तको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
भारतीय मिडिया भास्करडटकममा प्रकाशित समाचार अनुसार भाजपा सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तको आत्महत्या होइन, हत्या हो । त्यति बेला उनको घरमा मन्त्री पनि थिए । मसँग प्रमाण छन् ।’
राणेले यो सबै प्रमाण आफूले सिबिआइलाई दिने पनि बताएका छन् ।
१२ कात्तिक २०७७, बुधवार ११:०१ बजे प्रकाशित





